झापाली समाज इजरायलमा सर्वसम्मत पदाधिकारी चयन
झापा। झापाली समाज इजरायलको छैठौं अधिवेशनले मुना सिटौला अधिकारीको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको छ।
यो समिति २०२५–२०२७ का लागि चयन गरिएको हो। समितिका वरिष्ठ उपाध्यक्षमा पवित्रा बजगाईं छिन्। उपाध्यक्षमा विष्णु उप्रेती, रमा बुढाथोकी, पायल कटुवा र दिवस शर्मा चयन भएका छन्।
समितिको महासचिवमा राजेन्द्र उप्रेती, सचिवद्वयमा बुद्धि ढकाल र पारस घिसिङ तामाङ चयन भएका छन् भने कोषाध्यक्षमा रमेश कार्की छन्। सहकोषाध्यक्षमा मदन आचार्य चुनिएका छन्। यसैगरी, सहसचिवमा मिलन चुडाल र ससी याक्थुङमा काङवा चुनिएका छन्।
समितिको सदस्यमा मनोज गोले तामाङ, विज्ञान नेपाल, जानुका चापागाईं, निलु थपलिया, विश्व खरेल, विशेष डाँगी, राजीव कठेत, दिपेन श्रेष्ठ, जनक न्यौपाने, तिलविक्रम योङहाङ, सुस्ता मेन्याङ्गबो चुनिएका छन्।
अन्य सदस्यहरुमा कल्पना पौडेल, संगीता कडरिया, कमला देवी शिवाकोटी, मदन भट्टराई, हेमराज बिष्ट, कला निरौला अधिकारी, धर्म बराल, शर्मिला सिटौला शिवाकोटी, दिपेन्द्र केसी, खगेन्द्र प्रसाद खरेल र चन्द्रकुमार खड्का चयन भएको निर्वाचन संयोजक खेमराज जम्मरकटेलले जानकारी दिए।
