झापामा प्रहरीका सई मृत भेटिए

विराटनगर। झापामा नेपाल प्रहरीका सहायक निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन्। भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालयको ब्यारेकको माथिल्लो तलामा ४९ वर्षीय सई धनराज खतिवडा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

पानी ट्यांकी भएको ठाउँमा जाने फलामे भर्याङमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनी आइतबार बिहान मृत फेला परेका हुन्। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ घर भएका उनी हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्थे।

इलाका प्रहरी कार्यालय झिलझिले दरबन्दी भएका खतिवडा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत थिए। उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ।

घटनाका बारेमा परिवारका सदस्य र आफन्तलाई खबर भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *