चिनियाँ टोलीसँगको फुटबल खेलमा नेपाली खेलाडीको खुट्टा भाँचियो
काठमाडौं। चीनको युनान फुटबल टोलीसँग शनिबार भएको मैत्रीपूर्ण फुटबल खेलका क्रममा नेपाली खेलाडी आशिष राई खुट्टा भाँचिएर चोटग्रस्त बनेका छन्।
खेलको ३७औं मिनेटमा चिनियाँ युनान टिमका खेलाडी मोरी डेलेले ट्याकल गर्दा दुवैजना लडेका थिए। त्यस क्रममा आशिषको बाँया खुट्टा विभिन्न ठाउँमा भाँचिएको (मल्टिपल फ्र्याक्चर) अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा) ले जनाएको छ।
उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। चिनियाँ नयाँ वर्षको अवसरमा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली युवा टोली युनान प्रान्तीय टोलीसँग २–० गोलअन्तरले पराजित भएको छ।
चिनिया नयाँ वर्षको अवसरमा नेपाल युथ टोली र युनान प्रान्तीय टोलीबीच मैत्रीपूर्ण खेल सुरु भएको हो। गत वर्ष नेपाली युवा टोली ५–१ ले विजयी भएको थियो।
प्रतिक्रिया
