प्रयागराज कुम्भमेलामा आगलागी

काठमाडौं। भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलाको सेक्टर १८ र १९ बीचको एक स्थानमा भीषण आगलागी भएको छ। शनिबार साँझ भएको आगलागीको कारण खुल्न सकेको छैन।

भारतीय सञ्चार माध्यमहरुका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रयागराजका एडीजी भानु भास्करले आगलागीबाट कसैको मृत्यु भएको रिपोर्ट नभएको बताए।

सेक्टर १८–१९ को बीचमा रहेको एउटा धाम क्षेत्रमा आगलागी भएको उनले बताएका छन्। अयोध्या लव कुश धाम भनिने उक्त धामबाट तीर्थालुहरुलाई सेवा दिने गरिएको थियो।

आगलागीको जानकारी पाउने बित्तिकै पाँच मिनेटमै दमकल र आपतकालीन सेवा घटनास्थलमा पुगेकाले बेलैमा आगो निभाउन सकिएको प्रहरीले उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *