पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। जसअनुसार पेट्रोलको मूल्य बढेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाइएको छ।
फागुन ३ गते मध्यरातबाट लागू हुने गरी निगमनले इन्धनको मूल्य समायोजन गरेको हो। नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ। डिजेल तथा मट्टितेलको मूल्य भने ४ रुपैयाँ घटेको छ।
इन्डियन आयल कर्पाेरेशनबाट शनिबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा ५८ पैसा वृद्धि भएको छ भने डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएको छ। त्यसैअनुसार नयाँ मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
प्रतिक्रिया
