नोबेल अस्पतालले भित्र्यायो क्यान्सर उपचारका लागि अत्याधुनिक उपकरण

विराटनगर। विराटनगरको नोबेल शिक्षण अस्पतालले क्यान्सरको उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण ल्याएको छ। नेपालमै पहिलोपटक यस्तो मेसिन ल्याइएको अस्पतालले दाबी गरेको छ।

करिब १ अर्ब लागतमा भेरियन्ट कम्पनीको ‘एज’ मोडलको उपकरण ल्याएको हो। अस्पताल प्रशासनका अनुसार यस्तो उपकरण एसियामा जम्मा ९ वटा छन्।

नेपालमा पहिलोपटक नोबेलले अत्याधुनिक उपकरण ल्याएको अस्पतालका सञ्चालक एवं मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद सुनील शर्माले जानकारी दिए।

नेपालमा ‘टुबिन’ र ‘एलसिन’ भन्ने अरु उपकरण प्रचलित रहे पनि ‘एज’ अत्याधुनिक उपकरण भएको शर्माको भनाइ छ।

उक्त उपकरणले १ दिनमा ८० जना बिरामीको उपचार गर्न सक्ने जनाइएको छ। नयाँ मेसिन ल्याइएसँगै ३ अर्ब ४० करोड लागतमा क्यान्सर विभागको संरचना तयार गरिएको शर्माले बताए।

उनले उपकरणको सहायताबाट ‘६ डी काउच’, ‘हाइपर आर्क’, ‘एचडी एम आईसी’, ‘एसआर एस’ र ‘एसबी आरटी’ले शल्यक्रिया बिना नै क्यान्सर सेललाई निर्मूल गर्नसक्ने बताए।

बिना दुखाइ उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने जानकारी शर्माले दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *