देखाउनु पर्ने कुरो छोप्ने, छोप्नु पर्ने कुरा देखाउने?

अचेल जे जस्तोसुकै गतिविधिको पनि सामाजिक सञ्जालमा ‘लाइभ’ गर्ने प्रवृत्ति बढेको छ। जानकारीमूलक र आवश्यक कार्यक्रमको त ठिकै हो। तर नितान्त पारिवारिक, व्यक्तिगत मात्र होइन शोक र सम्वेदनायुक्त घटना, परिघटनाको पनि यस्तै गर्ने चलन बढिरहेको छ।

‘लाइभ पोष्ट’ किन?

आपत्ति जनाएको होइन। कसैको खिल्ली उडाएको पनि होइन। तर बहुसंख्यक लाइभ पोष्टहरु नितान्त निजी देखिन्छन्। ती समाजका लागि अनावश्यक ठहरिन सक्छन्। र कुनै कुनै त आपत्तिजनक समेत।

परिवारको कुनै महिला सदस्य तीर्थ स्नान गर्दै छिन् भने त्यो लाइभ हान्नु जरुरी छ?

कुनै परिवार साथीसंगी मिलेर मस्त झुमेका छन् खानपिनमा, के त्यो लाइभ देखाउनु जरुरी छ? कोही मर्यो, मलामी जाँदै गर्दाको अवस्था लाइभ हुनु जरुरी छ?

कुनै कार्यक्रममा पैसा तिरेर गएका छन् सबै, ती अरुलाई छेल्ने गरी लाइभ हान्नु जरुरी छ?

लाइभ भन्ने फिचर छ भन्दैमा जहाँ पायो त्यही, जे पायो त्यही लाइभ गर्नु जरुरी छ?

समाज देखाउनु पर्ने कुरो छोप्ने र छोप्नु पर्ने कुरा देखाउने क्रममा त छैन कतै?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *