आहा रारा गोल्डकपको उपाधिका लागि पुलिस र ब्ल्याक बुल्स भिड्दै
पोखरा। २४औं आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्सबीच आज शनिबार प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा दिउँसो २ः३० यी दुई टिम आमनेसामने हुँदैछन् ।
पुलिसले ११औं पटक फाइनल खेल्न लागेको हो। ब्ल्याक बुल्स पहिलो सहभागितामै फाइनल पुग्न सफल टिम हो। पुलिसले उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोलले हराएको थियो।
क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० गोलले हराएको पुलिसले सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराएर फाइनल पुगेको हो।
बाई पाएर सिधै क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले क्वाटरफाइनलमा सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० गोलले हराएको थियो । यस्तै, थ्री स्टारलाई ४–० गोलले हराउँदै यो टिम फाइनल पुगेको हो।
प्रतिक्रिया
