साथीको हत्या आरोपमा इलामका २ युवक पक्राउ
सांकेतिक तस्बिर
इलाम। साथीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ।
घटनामा संलग्न रहेको आरोपमा इलाम नगरपालिका–९ गोलबस्तीका वर्षीय बिमल खवास र माइला भनिने ३४ वर्षीय हर्कबहादुर राईलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार खवासले इलाम–९ कै साथी ३२ वर्षीय मिलन सुनुवारलाई बिहीबार कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका उनको सुरुमा जिल्ला अस्पताल इलाममा उपचार गरिएको थियो।
उपचारपछि घर फर्किएका उनले शुक्रवार बिहान बान्ता गरेपछि स्वास्थ्य अवस्था फेरि बिग्रिएको थियो। आफन्तले थप उपचारका लागि झापाको बिर्तामोड लैजाने क्रममा कन्याम पुग्दा सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।
पोस्टमार्टमपछि मृतकका बुबा भवानी सुनुवारले शव बुझेर लगेको उल्लेख गर्दै घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईले जानकारी दिए।
प्रतिक्रिया
