मुद्दाको किनारा लाग्न नपाउँदै बन्दीको मृत्यु
कोशी अस्पताल, विराटनगर
विराटनगर। मोरङको रतुवामाई नगरपालिका–५ घर भएका एक जना बन्दीको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको छ।
मुद्दाको किनारा लाग्ने पर्खाइमा जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका २९ वर्षीय किसुन टुडु सतारको मृत्यु भएको हो। कारागारका जेलर गौरव ढुंगेलका अनुसार रिंगटा लाग्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि माघ २६ गते कोशी अस्पताल भर्ना गरिएको थियो।
उपचारकै क्रममा उनको मंगलबार दिउँसो मृत्यु भएको ढुंगेलले बताए। जबरजस्ती करणी मुद्दामा किसुनलाई जिल्ला अदालत मोरङले गत साउन ११ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। आफूविरुद्ध दर्ता भएको मुद्दाको फैसला नहुँदै कसिुनको मृत्यु भएको हो।
प्रतिक्रिया
