पञ्चायतकालकी चर्चित नेतृ नानीमैयाँ दाहालको निधन

काठमाडौं। तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ। निमोनियाँ रोगले ग्रसित उनको सोमबार दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

पञ्चायतकालमा चर्चित नेता जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्। श्रेष्ठलाई हराएपछि उनी पनि चर्चित बनेकी थिइन्।

सानैदेखि विद्रोही स्वभावकी दाहाल २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन्। उनको पशुपति आर्यघाटमा आजै अन्तिम संस्कार गरिने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *