सगरमाथाले मनायो २८औं वार्षिकोत्सव

विराटनगर। विराटनगरस्थित सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलले आफ्नो २८औं वार्षिकोत्सव मनाएको छ। त्यस अवसरमा अभिभावकहरुको भेला समेत आयोजना गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरुले नाटक, विभिन्न जातीय पहिरन नृत्य तथा गीत प्रस्तुत गरेका थिए। विद्यालयमा करिब १५ सय विद्यार्थी अध्ययनरत छन्।

कार्यक्रममा सहभागी भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक र सीपमूलक शिक्षाबाट मात्रै रोजगारीका अवसरहरु प्राप्त हुने बताएका थिए।

मेयर कोइरालाले रोजगारी सिर्जना र शिक्षाको गुणस्तर वृद्धिमा संस्थागत विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको औंल्याए । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महानगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको कोइरालाले सुनाए।

विद्यालयका संस्थापक प्राचार्य त्रिलोचन गौतमले वार्षिकोत्सव अवसरमा भएको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई पुरस्कारहरु प्रदान गरिएको बताए।

कार्यक्रममा विराटनगर–११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौला, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख शालिग्राम दाहाल, सहप्राचार्य रोहिणीरमण दवाडी, अभिभावक तारानाथ निरौलालगायतले शुभकामना व्यक्त गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *