कमलपोखरीको मम: पसलमा ग्यास सिलिण्डर विष्फोट, १४ घाइते

काठमाडौं। काठमाडौंको कमलपोखरीमा ग्यास सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन्। आज बिहीबार बिहान भएको घटनाका घाइतेमध्ये ११ जनालाई अस्पताल भर्ना गरिएको छ। अरु तीन जना सामान्य घाइते छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार कमलपोखरीको ‘सानदार मम: पसल’ मा ग्यास सिलिण्डर विष्फोट भएको हो।

घटनामा सोही पसलका कामदार छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरु अधिकांश उदयपुर घर भएका छन् । घाइतेहरुमा उदयपुरका २२ वर्षीय प्रजित लामा, २१ वर्षीय धनबहादुर तामाङ, २४ वर्षीय संजोग मगर, २५ वर्षीय नवीन मगर, २० वर्षीय यसकुमार घले, १९ वर्षीय बिरस मगर छन्। जिल्ला टुंगो लागे पनि घाइतेहरुको विस्तृत ठेगाना खुल्न बाँकी छ।

यसैगरी काभ्रेका २५ वर्षीय छिरिङ लामा, ललितपुरका १८ वर्षीय आयुस मगर, मोरङका १८ वर्षीय मनिष पोखरेल, चितवनका १८ वर्षीय रोशन लामा थिङ र हेटौंडाका १८ वर्षीय सुबिन राई रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *