‘रुकुम मैकोट’ ६ महिनामा १० करोड पटक हेरियो

काठमाडौं। नेपाली फिल्म ‘खुस्मा’ मा समावेश गरिएको गीत ‘रुकुम मैकोट’ ले युट्युबमा कीर्तिमान बनाएको छ। यो गीत युट्युबमा सबैभन्दा छिटो १० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बनेर कीर्तिमान कायम भएको हो।

करिब ६ महिनाअघि सार्वजनिक भएको यो गीतले असोज–कात्तिकमा डेढमहिना युट्युवको ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ हुँदै इतिहास रचेको थियो। यसअघि युट्युवमा सबैभन्दा छिटो १० करोड भ्यूज पाउने नेपाली गीत फिल्म ‘घामड शेरेको’ ‘साली मनप‍र्यो’ थियो।

६ महिनाभन्दा कम समयमै ‘रुकुम मैकोट’ ले उक्त रेकर्ड तोडेको हो। सुरेन्द्र रानाको शब्द र एसडी योगीको संगीतमा बनेको यो गीतमा योगी र शान्तिश्री परियारको आवाज छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *