प्रहरीको गोलीले लागूऔषध कारोबारी घाइते

झापा। झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ। गोली लागेर एक जना भारतीय नागरिक घाइते भएका छन्।

लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोली नेपाल–भारत सीमा क्षेत्र नजिक पर्ने तुलसीबारीमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन परिचालित भएको थियो।

घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *