वैशाखमा विश्वभरका नेपाली सेफहरूको सम्मेलन काठमाडौंमा
काठमाडौं। विश्वका विभिन्न देशमा रहेका पाक कलामा दक्ष नेपाली सेफ (भान्से) हरू आगामी नयाँ वर्षको वैशाखमा नेपालमा भेला हुने भएका छन् । २०८२ वैशाख ६ शनिबारका दिन उनीहरुको सहभागितामा सम्मेलन हुने भएको हो।
सेफ सोसाइटी नेपालले काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको हो। अन्तर्राष्ट्रिय सेफ सोसाइटी क्यानाडाका अध्यक्ष दिपक कार्कीका अनुसार त्यस अवसरमा विश्वभर छरिएर रहेका नेपाली सेफहरु एकै स्थानमा भेला हुने छन्।
करिब ५ हजार सेफ प्रतिनिधिहरु सहभागी गराउने लक्ष्य रहेको उनले जानकारी दिए। पर्यटन मन्त्रालय र पररास्ट्र मन्त्रालयको सहयोगमा हुने सम्मेलनको उद्देश्य नेपाली सेफहरुलाई एकताबद्ध गराउनु रहेको जनाइएको छ।

नेपाली खाना संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्न उक्त सम्मेलनले सहयोग पुग्ने विश्वास आयोजकको छ। सेफहरुको पेशागत चुनौती र अवसरहरुबारे पनि छलफल गरिने भएको छ। त्यस अवसरमा विभिन्न परिकारका ४० वटा स्टल राखिने छ।
ती स्टलहरुमा नेपाली सेफहरुले अन्तर्राष्ट्रिय बजारमा तयार पार्ने खानाको स्वाद लिन पाइने छ। कार्यक्रममा विभिन्न सेफ अवार्ड प्रदान गरिने छ भने चर्चित कलाकारहरुको सहभागितामा सांगीतिक कार्यक्रम पनि हुनेछ।
सम्मेलनलाई नेपाली सेफहरुको प्रथम महाधिवेशनका रुपमा लिइएको छ। सम्मेलनको संयोजकमा सेफ अरुणिमा अरुण अधिकारी छन्। सन् २०१८ मा युएईबाट सुरु भएको सेफ सोसाइटी अहिले नेपाल लगायत ३६ देशमा संगठित भएको जनाइएको छ।

त्यस अवसरमा सेफहरूका लागि नयाँ कौशल र प्रविधिको ज्ञान, सेफ अवार्डः उत्कृष्ट सेफहरूलाई सम्मान, सोसाइटीको किताब विमोचन, र लोपोन्मुख संस्कृतिका झाँकी प्रस्तुत गरिने छ।
सम्मेलनले विश्वभरका सेफहरुको उपस्थितिमा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। त्यसअघि अहिले विभिन्न मुलुकमा अधिवेशन चलिरहेको कार्कीले बताए। ३६ देशमा अधिवेशन सम्पन्न भइसकेको छ।
भेलाका अवसरमा ‘भान्से महासङ्ग्राम २०८२’ कलेज स्तरको ‘कुकरी’ प्रतियोगिता आयोजना हुनेछ भने यो पेशामा कम्तिमा ६ वर्ष काम गरेको सेफलाई सदस्यता तथा प्रमाणपत्र दिइने भएको छ।


Ma pani ahuna chahanchhu please process k hola asko lagi
Inbox me please chef 🧑🍳
कार्यक्रम सफलताकाे शुभकामना