विराटनगरको इन्जिनियरिङ कलेजमा विद्यार्थीद्वारा तोडफोड

विराटनगर । विराटनगरको स्कुल अफ इन्जिनियरिङ कलेजमा विद्यार्थीहरुले आइतबार अपराह्न तोडफोड गरेका छन्। विद्यार्थीको दुई समूहबीच भएको विवादलाई क्याम्पस प्रशासनले साम्य पार्ने प्रयास गरिरहेकै बेला कलेजमा तोडफोड भएको हो।

विराटनगर महानगरपालिका–३ स्थित उक्त कलेजमा सोमबार गरिने सरस्वती पूजाको विषयलाई लिएर विद्यार्थीको दुई समूहबीच विवाद भएको थियो।

विद्यार्थीबीच विवाद चर्किएपछि क्याम्पस प्रमुख तेजराज गिरीले सम्झाइबुझाइ गर्ने प्रयास गरेका थिए। उनले सम्झाउँदै गर्दा एक्कासि विद्यार्थी तोडफोडमा उत्रिएका हुन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार तोडफोडबाट गिरीको कार्यकक्षमा रहेका फर्निचर, कम्प्युटरलगायतका सामानमा क्षति पुगेको छ। तोडफोडपछि करिब १५्–२० जना विद्यार्थीको समूह फरार भएको जोशीले बताए।

तोडफोडबाट ३ लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे अनुसन्धान प्रहरीले अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *