३८ वटा मानव खप्पर बोकेर हिंड्ने पक्राउ

विराटनगर। मानव कंकालसहित विराटनगरबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले आइतबार विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद रायलाई पक्राउ गरेको हो।

भारतबाट मानव कंकाल लिएर आउँदै गरेका रायलाई पक्राउ गरिएको गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी बलका डीएसपी ऋषिकेश राउतले जानकारी दिए।

रिक्सामा राखेर भारतबाट कंकाल लिएर आउँदै गरेका बेला विराटनगर–१५ स्थित २ नम्बर ढाटमा उनी पक्राउ परेका हुन्। रायले बोकेको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टा बरामद भएको छ।

उनीसँगै रहेकी १ जना महिला रिक्साबाट ओर्लिएर फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। सशस्त्रले रायलाई अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *