महिला टी-२० मा आज थाइल्याण्डसँग खेल्दै नेपाल
काठमाडौं। महिला टी–२० आई शृंखलामा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ। खेल दिउँसो सवा १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
नेपालको कप्तानमा इन्दु बर्मा छिन् भने थाइल्याण्डको कप्तानमा नारुमोल चाइवाइ छिन्।
बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो। शुक्रबार थाइल्याण्डले नेदरल्याण्ड्सलाई हराएको थियो।
महिला टी–२० आई वरियतामा थाइल्याण्ड १३ औं स्थानमा छ भने नेपाल २०औं स्थानमा छ।
नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित शृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन्।
प्रतिक्रिया
