यातायात बन्द खुलाउन व्यवसायीको माग

इलाम। यातायात बन्दले जनजीवन कष्टकर बन्दै गइरहेको भन्दै यातायात व्यवसायीले बन्द खुलाउन माग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ इलामले सवारी चल्न नपाउँदा समस्या भएको भन्दै खुलाउन आग्रह गरेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति इलामले बिहीबार विज्ञप्ति जारी गर्दै बैङ्कबाट लिइएको चर्काे मुल्को ब्याज तिर्न समस्या भएको जनाएको छ।

सवारी नचल्दा मासिक किस्ता बैङ्कबाट ऋण लिएर सवारी खरिद गरेका व्यवसायीले यातायात व्यवसायी, मजदुर र मजदुरका परिवारलाई जीवनयापनमा समस्या पर्ने विज्ञप्तिमा उल्लेख छ। इलामसहित झापा, पाँचथर र ताप्लेजुङका व्यवसायीले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन्।

ताप्लेजुङको पाथीभरा मन्दिरमा पुग्ने केबलकार निर्माणको विषयलाई लिएर असन्तुष्ट पक्षधरले माग १५ गतेबाट बन्दको आह्वान गरेका छन्। सरकार र बन्दकर्ता गम्भीर भएर संवादको माध्यमबाट समस्याको समाधान गर्न माग व्यवसायीले माग गरेका छन्।

विज्ञप्तिमा व्यवसायीका झापा संयोजक खड्ग श्रेष्ठ, इलाम संयोजक गृष्म सुब्बा, पाँचथर संयोजक मिलन गिरी र ताप्लेजुङ संयोजक दिलीप श्रेष्ठले हस्ताक्षर गरेका छन्।

पाथीभरामा केबलकार निर्माण सुरु भएपछि पहिचानवादीले विरोध गर्दै आएका छन्। विरोध प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको थियो। प्रहरीले दमन गरेको भन्दै आन्दोलनकारीले यातायात बन्द आह्वान गरेका हुन्।

पाथीभरामा केबलकारको विरोध : सरकारले पहिचानवादीलाई वार्तामा बोलायो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *