नेदरल्याण्डस्सँग नेपाल पराजित

काठमाडौं। टी–२० आई सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल पराजित भएको छ। नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२० मा नेपाल २० रनले पराजित भएको हो।

काठमाडौंमा आजदेखि सुरू खेलमा नेदरल्याण्ड्सले नेपाललाई १५८ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।

नेपालका लागि सीता रानामगरले सर्वाधिक २८ रन बनाइन्। कविता जोशीले २७ तथा पूजा महतोले २४ रन बनाइन्।

नेदरल्याण्ड्सका लागि इभा लिन्च र क्यारोलिन डे लाङले २–२ विकेट लिए। इरिस विलिङ र फ्रेडरिक ओभरडाइकले १–१ विकेट लिए।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो।

नेदरल्याण्ड्सका लागि रोबिन रिकेले ५९ रन बनाइन् आइरिस विलिङले ३१ रन बनाइन्। नेपालका लागि कविता कुँवर, पूजा महतो, सीता राना मगर र ईश्वरी विष्टले एक–एक विकेट लिए।

नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ। माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ। शीर्ष स्थानमा रहने टोली विजेता हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *