त्रिकोणात्मक टी-२० मा नेपाल र नेदरल्याण्ड्सबीच पहिलो खेल

काठमाडौं। त्रिकोणात्मक टी-२० शृङ्खला आज बिहीबार सुरु हुँदैछ। आज हुने उद्‌घाटन खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्ने भएको छ।

खेल अपराह्न सवा १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन्। यो प्रतियोगितामा नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सहभागी हुँदै छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार आयोजना गरेको कार्यक्रममा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका थिए।

नेपाली टोलीमा बर्माको कप्तानीमा रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *