स्वास्थ्य बिमा रकम ५ लाख पुर्याउने तयारी
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्तुत गरेका छन्।
स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा रहेका विषयका आधारमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटी नेतृत्वको समितिलाई जिम्मेवारी दिएका थिए।
समितिले तयार पारेको कार्ययोजना सहितको प्रतिवेदन मंगलबार मन्त्री पौडेलले प्रधानमन्त्रीसमक्ष बुझाएका हुन्। कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधारसम्बन्धी निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै बीमा रकम ५ लाख पुर्याउने तयारी गरिरहेको बताएका थिए। मन्त्रिपरिषदबाट निर्णय भएमा संसदको अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने तयारी गरिएको जनाइएको छ।
