‘फेक आइडी’ बाट गलत प्रचार गरे कैद र जरिबाना

काठमाडौं। सामाजिक सञ्जालमा ‘फेक आइडी’ बनाए, छद्मभेषी पहिचान निर्माण गरे कारबाही हुने भएको छ। फेक आइडी, पेज तथा समूह बनाएर जथाभाबी सामग्री प्रचार गरे तीन महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिबाना हुने भएको छ।

संघीय सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी संसदमा दर्ता गरेको विधेयकमा उल्लेखित अवस्थामा दण्ड सजाय गर्ने प्रस्ताव गरेको हो। उक्त विधेयक पारित भए सम्बन्धित कसुरमा तोकिएको दण्ड सजाय हुनेछ।

सामूहिक वा व्यक्तिगत रूपमा स्थायी वा अस्थायी समूह पेज वा अन्य आइडीबाट राष्ट्रहित प्रतिकूल कार्य गरेमा पाँच वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिबाना गर्ने प्रस्ताव विधेयकमा गरिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले उक्त विधेयक राष्ट्रिय सभामा दर्ता गराएका हुन्। संघीय संसद्बाट कानुन पारित भई कार्यान्वयनमा आएको ६ महिनाभित्र हाल सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू सूचीकरण हुनुपर्ने व्यवस्था विधेयकले प्रस्ताव गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *