विराटनगरबाट हराएका ५ बालबालिका भारतको कटिहारमा भेटिए

विराटनगर । विराटनगरबाट हराएका ५ जना बालबालिका भारतको कटिहारमा भेटिएका छन्। उनीहरुलाई उद्धार गरी विराटनगर ल्याइएको छ। शनिबार ल्याइएका उनीहरुलाई आज आइतबार परिवारको जिम्मा लगाइने भएको छ।

३ जना बालक र २ जना बालिकालाई उद्धार गरेर ल्याइएको हो। ७ देखि १७ वर्षसम्मका उनीहरुमध्ये २ जना १ वर्षअघि र ३ जना गत कात्तिकदेखि बेपत्ता भएका थिए। ती बालबालिकाहरु मुस्लिम र मधेशी समुदायका हुन्।

भारतको ‘किन इन्डिया’ संस्था र नेपालको ‘शुभ अवसर ग्राम’ को समन्वयमा उनीहरुलाई राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले उद्धार गरेर विराटनगर ल्याएको हो।

केन्द्रका प्रदेश समन्वय अधिकृत सुमन अधिकारीका अनुसार भारतमा भेटिएका बालबालिकालाई प्रक्रिया पूरा गरेर नेपाल ल्याइएको छ। कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रोहबरमा विराटनगर महानगरपालिकामार्फत सम्बन्धित परिवारको जिम्मा लगाइने उनले बताए।

हराएको सूचना आएपछि उनीहरुको खोजी भइरहेको थियो। अधिकारीका अनुसार पाँचै जना बालबालिकालाई भारतको बालकल्याण समितिले कटिहारस्थित बालकल्याण गृहमा राखेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *