नेपाली कप्तान एन्जिलाले ग्रीसमा लिग फुटबल खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले ग्रिसको निस अट्रोमिटौबाट लिग खेल्ने भएकी छन्।

एन्जिलालाई ग्रीस महिला ‘ए’ लिग क्लबको अट्रोमिटौले सिजन २०२४–२५ को लागि अनुबन्ध गर्दै सम्झौता गरेको हो। सम्झौता रकम भने खुलाइएको छैन। एन्जिलाले शनिबार हुने ओएफआइविरुद्ध खेल्ने सम्भावना रहेको जनाइएको छ।

अञ्जिाल सम्मिलित अट्रोमिटौ १० खेलमा दुई जितका साथ ९ अंक जोडेर लिगको नवौं स्थानमा छ। ओएफआइ समान खेलबाट १९ अंकका साथ चौथो स्थानमा छ।

एन्जिलाले यसअघि भारत र पाकिस्तानको लिग खेलेकी थिइन्। उनले भारतको सेथु उनी दुवै टोलीको कप्तान थिइन्।

विभागीय टोली एपीएफ क्लबमा आबद्ध एन्जिला स्ट्राइकर सावित्रा भण्डारीपछि युरोपको लिग खेल्ने दोस्रो नेपाली खेलाडी बन्दै हुने छिन्।

पाँचथरको फाक्तेबमा जन्मिएकी एन्जिलाको फुटबल क्यारियर इलाम आएपछि अझ अघि बढेको हो।

२०६८ सालमा फिक्कलको पान्दाममा महिला फुटबल प्रतियोगिता हुने भएपछि उनी फरर्वाड पोजिसनमा खेल्न गएकी थिइन्। तर उनको टिमबाट खेल्ने गोलरक्षक नआएपछि दिदीको आग्रहमा गोल पोष्ट सम्हालेकी थिइन्।

उक्त खेलमा पान्दामले कन्याम टिमलाई हराउँदै उपाधि जितेपछि भने दाजु मिलन राईले गोलकिपर खेल्यो भने राष्ट्रिय टिमबाट समेत खेल्न पाइन्छ भनेपछि किपर खेल्न थालेकी थिइन्।

त्यस बेलासम्म फुटबल खेलमा महिलाको राष्ट्रिय टिम हुन्छ भन्ने समेत उनलाई थाहा थिएन। सोही वर्ष इलाममा महिला फुटबल खेलाडी छनौट हुने भएपछि मनिता राई र भिनाजु सोनाम योल्मुले घरमा बाबुआमालाई राजी गराएर छनौट प्रतियोगितामा लगेका थिए।

इलामबाट छनौट भएपछि क्लोज क्याम्पमा बस्दा उनले प्रशिक्षक दर्शन भक्तराजबाट फुटबल खेलको प्राविधिक ज्ञानहरु हासिल गरिन्। उनी भन्छिन् ‘त्यसबेला मलाई फुटबल खेलको पोजिसनको बारेमा समेत ज्ञान थिएन। इलाममा गोलकिपर सिकाउने कोचको अभाव थियो, दर्शन गुरुले यसरी गर उसरी गर भनेको भरमा खेल केही सुधार आयो।’

इलामबाट छनौट भएपछि विराटनगरमा क्षेत्रीय छनौट प्रतियोगितामा इलाम टिम प्रथम हुँदा गोलपोष्ट सम्हाल्ने जिम्मा उनले पाएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *