टी-२० विश्वकपः नेपालले मलेसियालाई हरायो

काठमाडौ। आईसीसी यु–१९ महिला टी–२० विश्वकपको प्लेअफमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले हराएको छ। मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर भेटायो।

नेपालकी कप्तान पूजा महतोले नटआउट २३ रन बनाइन। मलेसियाकी मस्र्या अब्दुल्लाहले ३ विकेट लिइन्।

यसअघि जोहोर एकेडेमी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १६ ओभर ५ बलमा ४५ रनमा अलआउट भयो।

मलेसियाकी नुरिमन हलिदले सबैभन्दा धेरै १५ रन बनाइन्। मलेसियाकी अन्य खेलाडीको दोहोरो अंकमा रन बनाउन सकेनन। नेपालकी पूजा महतोले ४, रचना चौधरीले ३ तथा रिया शर्मा र सिमाना केसीले १–१ विकेट लिए।

यु–१९ महिला टी–२० विश्वकपमा नेपालको यो पहिलो जीत हो। मलेसियाले भने जीतविहीन रह्यो। दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन्। समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो। मलेसियाले भारत, श्रीलंका र वेस्ट इन्डिजसँग हार बेहोरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *