महिला टी-२० विश्वकपमा आज मलेसियासँग खेल्दै नेपाल
काठमाडौं। आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा नेपालले आज शुक्रबार आयोजक मलेसियासँग खेल्दै छ। खेल मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा भइरहेको छ।
नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन्। मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेका हुन्।
पहिलोपटक विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सीधै विश्वकपमा स्थान बनाएको थियो। नेपालले एशिया छनोट जितेर विश्वकपमा प्रवेश गरेको थियो।
यो विश्वकपको समूह चरणमा नेपाल, बङ्गलादेश,स्कटल्याण्ड र अस्ट्रेलियासँग पराजित भएको थियो।
प्रतिक्रिया
