विदेश पठाउने भन्दै ठग्दै, ३ जना पक्राउ

काठमाडौं । आकर्षक रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार ताप्लेजुङको सिदिङवा गाउँपालिका–५ की ३० वर्षीया सुमन्ता लिम्बू, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७ का ५० वर्षीय समुन्द्र अधिकारी र चितवनको राप्ती नगरपालिका–१२ का ४२ वर्षीय राजमान तामाङ पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। अधिकारीले माल्दिभ्स पठाउने भन्दै ८ लाख, तामाङले युएई पठाउने भन्दै २ लाख र लिम्बुले क्रोएसिया पठाउने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको आरोप उनीहरूमाथि छ।

पक्राउ परेकाहरूलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *