हर्क साम्पाङले भने, ‘प्रधानमन्त्रीले मसँग फेस गर्न सकेनन्’

सुनसरी। धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग ‘फेस गर्न नसकेको’ प्रतिक्रिया दिएका छन्। मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न उनी सिंहदरबार पुगेका थिए।

उनले खानेपानीमन्त्री र अर्थमन्त्रीलाई भेटेर धरानको पानीको समस्या र बजेट सुनिश्चितता गर्न आग्रह गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओलीलाई भेटेर पत्र बुझाउन भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए।

उनले प्रयास गरे पनि प्रधानमन्त्रीसँग भेट्न पाएनन्। प्रधानमन्त्रीसँग भेट्न नपाएपछि साम्पाङले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन्।

्उनले लेखेका छन्, ‘केपी ओलीले फेस गर्न सकेनन्, मलाई।’ प्रधानमन्त्रीको सचिवालयले भने साम्पा«सँग आज भेटघाटको कार्यक्रम तय भएको थिएन।

खानेपानीको समस्या सुनाउन भन्दै उनी सोमबार रित्तो गाग्रो बोकेर काठमाडौं पुगेका थिए । मंगलबार सिंहदरबारमा उनी रित्तो गाग्रोसहित पुगेका थिए। प्रहरीले गाग्रो खोसेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *