रित्तो गाग्री बोकेर पानी माग्दै हर्क साम्पाङ काठमाडौंमा

सुनसरी। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सोमबार रित्तो गाग्री बोकेर काठमाडौं पुगेका छन्।

संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर काठमाडौं गएको उनले बताएका छन्। साम्पाङले भोलि मंगलबार गाग्रीसहित सिंहदरबार प्रवेश गरी खानेपानीमन्त्री र प्रधानमन्त्रीलाई भेट्ने जनाइएको छ।

त्यस क्रममा धरानको खानेपानी समस्या सामाधन गर्न दबाब दिने उनले बताएका छन्।

यसअघि साम्पाङले आइतबार धरानको भानु चोकमा गाग्रीसहित प्रदर्शन गरेका थिए। सरकारले धरानका जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्न सक्नुपर्ने भन्दै आफू गाग्री बोकेर दबाब दिनका लागि काठमाडौं जाने बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *