आईसीसी यु-१९ विश्वकपः स्कटल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं। आईसीसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेटमा स्कटल्यान्डसँगको खेलमा नेपालले टस जितेको छ। नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिलो ब्याटिङ रोजेकी छिन्।

प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो। नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट पराजित भएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि बुधवार अस्ट्रेलियासँग खेल्नेछ।

प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन्। समूह ‘बी’ मा इङ्गल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन्। समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन्।

हरेक समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *