खो-खो विश्वकप फाइनलमा नेपाली दुवै टोली भारतसँग भिड्दै

काठमाडौं। खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आइतबार भारतसँग खेल्दैछन्। पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका ८ बजे र महिलातर्फको बेलुका सवा ५ बजे सुरु हुनेछ।

खेल नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ। हिजो भएको सेमिफाइनलमा पुरुषतर्फ नेपालले इरानलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो। यस्तै, भारत दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेको हो।

यसैगरी, नेपाली महिला टोली अपराजित रहँदै उपाधि नजिक पुगेको हो। महिला टोलीले हिजो भएको सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले पराजित गर्यो। त्यस्तै भारतले दक्षिण अफ्रिकालाई ६६–१६ ले हराउँदै नेपालसँग फाइनल खेल्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *