कबड्डी लिगमा विराटनगर र जनकपुर विजयी

काठमाडौं। विराटनगर ब्यान्डिट्सले पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल)मा विजयी सुरूवात गरेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको दिनको पहिलो खेलमा धनगढी वाइल्डक्याट्सलाई ४६–३४ ले हराउँदै विराटनगरले पाँच अंक जोडेको छ।

धनगढी पहिलो हाफमै दुईपटक अलआउट भएको थियो। सात मिनेटमा ११–६ हुँदा धनगढी पहिलोपटक अलआउट भयो। त्यसपछि २३–१४ मा फेरि अलआउट भयो।

पहिलो हाफमा २४–१६ को अग्रता बनाएको विराटनगरले अग्रता फराकिलो बनाउँदै खेलमा ४६–३४ को जित हासिल गर्यो।

आजै भएको अर्को खेलमा जनकपुर नाइट्सले हिमालयन रेइडर्सलाई ३५–२४ ले पराजित गर्यो। जितसँगै जनकपुरलेले पाँच अंक जोडेको छ। हिमालयनले सुरूवाती अग्रता लिए पनि त्यसपछि लगातार तीन अंक गुमाउँदै ३–१ ले पछि प‍र्यो । ३–३ को बराबरी खेल्दै हिमालयनले पुनरागमन गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन।

१४–८ को अवस्थामा खेलको १२ मिनेटमा हिमालयन अलआउट भयो। पहिलो हाफमा १८–११ को अवस्थामा सकायो। दोस्रो हाफको १३औं मिनेटमा २७–१३ को अवस्थामा हिमालयन दोस्रो पटक अलआउट भयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *