नेपाली महिला र पुरुष दुवै टोली खो-खो विश्वकपको फाइनलमा

काठमाडौं। खो–खो खेलको विश्वकप प्रतिस्पर्धामा नेपाली महिला र पुरुष दुवै टिम फाइनलमा पुगेका छन्। भारतलाई हराउँदै पुरुष टिम फाइनलमा पुग्न सफल भएको हो भने महिला टिमले युगान्डालाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा आज शनिबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई ७२–२० ले हरायो।

यसअघिको खेलमा नेपालको महिला टोली युगान्डालाई ८९–१८ ले हराउँदै खो–खो विश्वकपको फाइनलमा पुगिसकेको छ। हिजो भएको खेलमा पुरुष टोलीले बङ्गलादेशलाई ६७–१८ ले हराएर अन्तिम चारमा पुगेको थियो।

नेपाली पुरुष टोलीले समूह चरणको पहिलो खेलमा भारतसँग हारे पनि दोस्रो खेलमा पेरु, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो।

यस्तै, क्वाटरफाइनल खेलमा इरानलाई हराउँदै नेपाली महिला टोली सेमिफाइनलमा पुगेको थियो। नेपाली महिला टोलीले समूह चरणमा पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो। नेपाली महिला टोलीले हुने भारत र दक्षिण अफ्रिकाबीचको विजेतासँग फाइनल खेल्नेछ।

के हो खो-खो खेल ?

भारतबाट सुरु भएको यो खेल नेपालमा पनि खेलिँदै आएको छ। मराठी भाषामा खो खो को अर्थ जाउ र लखेट भन्ने हुन्छ। निश्चित नियम र अनुशासन पालना गर्दै प्रतिस्पर्धी टिमका खेलाडीलाई लखेटेर नै यो खेल जितिन्छ।

लखेट्दै विपक्षीलाई छोएर आउट गरिने यो खेलको कोर्टमा ९ जना खेलाडी हुन्छन्। लखेट्नेहरु ९ जना हुन्छन् भने विपक्षी खेलाडीहरु एक पटकमा तीन जना हुन्छन्। ३६ मिनट खेलेपछि यो खेलको हारजित टुंगो लाग्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *