बंगलादेशसँग ५ विकेटले नेपाल पराजित

विराटनगर। आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको् पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ।

नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। बंगलादेशका लागि सादिया अक्तरले १६ रन बनाइन्। कप्तान सुमैया अक्तरले १२ रन बनाइन्।

अफिया अशिमाले अविजित ९ रन बनाइन्। नेपालका लागि रचना चौधरी, रिया शर्मा, पुजा महतो र सिमाना केसीले एक–एक विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको थियो। नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन्। सिमाना केसीले १० रन बनाइन्।

बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १–१ विकेट लिए। नेपालका पाँच ब्याटर रनआउट भएका थिए। नेपालले दोस्रो खेल स्कटल्याण्डसँग सोमबार खेल्ने‍ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *