२०८४ मा पहिलो दल बन्ने प्रचण्डको दाबी
विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र पहिलो दल बन्ने दाबी गरेका छन्। मोरङको ग्रामथान गाउँपालिकामा आयोजित ‘धन्यवाद तथा खबरदारी सभा’ लाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
गत मंसिर १५ मा भएको उपनिर्वाचनमा ग्रामथान पालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका थिए। मतदातालाई धन्यवाद दिन आएका प्रचण्डले जनतामा माओवादीप्रति उत्साह जागेको दाबी गर्दै २०८४ को निर्वाचनमा पहिलो दल बन्ने बताए।
‘हामीले १ सय २२ स्थानीय तहमा जितेका थियौं। गएको उपनिर्वाचनमा ग्रामथानले त्यसलाई १ सय २३ ठाउँ बनाएको छ,’ प्रचण्डले भने, ‘अब हामी २ सय ५० बनाउनेछौं।’
प्रतिक्रिया
