एन्फा महिला लिगः आर्मीद्वारा पुलिस पराजित

काठमाडौं। एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज बिहीबार भएको खेलमा आर्मीले पुलिसलाई १-० गोलले पराजित गरेको हो।

आजको खेलमा पुलिस क्लबकी समीक्षा घिमिरेले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो ।  जीतसँगै आर्मी ६ खेलमा १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ भने पुलिस ६ खेलमा १० अङ्कसहित तेस्रो स्थानमा छ।

प्रतियोगितामा आर्मी, पुलिससहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब, बाग्मती युथ क्लब र स्याङ्जाको वालिङ नगरपालिका छन्। लिगको पहिलो चरणपछि ५ वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका हुन्।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको एन्फा महिला लिग माघ १६ गतेसम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *