बालेनको प्रतिक्रिया, ‘टुँडिखेल र खुलामञ्च कार्यकर्तालाई दिने अध्यादेश’
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति कार्यालयबाट जारी भएको भूमिसम्बन्धी अध्यादेशमाथि कटाक्ष गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी गरेका थिए।
अध्यादेश जारी भएसँगै मेयर शाहले आफ्नो फेसबुकमा लेखेर कटाक्ष गरेका हुन्। उनले लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ, बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।’
भूमि सम्बन्धी अध्यादेशमा भूमिसम्बन्धी ऐन २०२१, वन ऐन २०७६ र मालपोत ऐन २०७६ संशोधनको प्रस्ताव गरिएको छ। सरकारी र सार्वजनिक जग्गामा बसेका देशभरका भूमिहीन जनतालाई कुनै स्थानको जग्गा लालपुर्जासहित उपलब्ध गराउने व्यवस्था यो अध्यादेशमा गरिएको जनाइएको छ।
प्रतिक्रिया
