यु-१९ महिला विश्वकप तयारीः अमेरिकासँग खेल्दै नेपाल

काठमाडौं। आईसीसी यू–१९ महिला टी२० विश्वकपको तयारीका लागि नेपालले आज बुधबार अमेरिकासँग अभ्यास खेल खेल्दैछ। खेल बिहान मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा हुनेछ।

पहिलो अभ्यास खेलमा नेपाल वेष्टइन्डिजसँग ९ रनले पराजित भएको थियो।

विश्वकपमा सहभागी हुनका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली मलेसियामा छ।

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा यू–१९ महिला टी२० विश्वकप हुनेछ। प्रतियोगितामा १६ टिम सहभागी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *