खो खो विश्वकपमा नेपालले जर्मनीलाई हरायो
काठमाडौं। भारतमा जारी खो खो खेलको विश्वकपमा नेपालको महिला टोलीले आज जर्मनीलाई ७३–३४ ले हराएको छ। यसअघि आजै भएको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ९३–२४ ले हराएको थियो।
सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले भोलि बुधबार तेस्रो खेल खेल्दैछ। नेपालले भोलि दिउँसो साढे २ बजे श्रीलङ्कसँग खेल्नेछ। नेपालले पर्सि बिहिवार बङ्गलादेशसँग खेल्ने छ।
समूह ‘सी’ मा नेपालसहित, भुटान, जर्मनी, बङ्गलादेश र श्रीलङ्का छन्। हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन्।
पुरुषतर्फ समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा भने भारतसँग ४२–३७ ले पराजित भएको थियो। पुरूष टोलीले आज बेलुका साँझ पेरूसँग खेल्दै छ।
प्रतिक्रिया
