थारू समुदायमा माघी पर्वको रमझम

काठमाडौं। थारू समुदायले आज माघी पर्व मनाउँदै छन्। यस अवसरमा बिहानै स्नान, दान, खानपिन र रमाइलो गर्ने चलन छ।

माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ यो पर्व मनाइन्छ। थारू समुदायमा बिहानै जलाशयमा गई स्नान, पूजा गरी अग्रजबाट आशीर्वाद लिने परम्परा छ। बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाइन्छ।

परम्परा अनुसार माघ १ गते सबै मिलेर गाउँका मुखिया छनोट गर्ने चलन छ। यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने सबै पदवीको लोकतान्त्रिक विधिबाट निर्वाचन हुन्छ।

धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियासहित वर्षभर काम गर्ने पदको छनोट गर्छन्। धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियासहित वर्षभर काम गर्ने पदको छनोट गर्छन्। सहमति नहुने ठाउँमा भने चुनाव हुन्छ।

थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ। यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ। थारू समुदायमा विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन छ।

माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ। पुस मसान्तमा आआफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने चलन छ।

माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत यावत् अन्य व्यवहारहरूको नवीकरण गरिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *