कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ देखि

विराटनगर। कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेशसभाको छैठौँ एवं हिउँदे अधिवेशन आह्वान गरेका छन्। खापुङले आगामी माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्।

आइतबार बिहान बसेको कोशी मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय लिएको थियो। सोही सिफारिसका आधारमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम खापुङले अधिवेशन आह्वान गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाका अनुसार माघ ७ गते दिउँसो २ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान भएको छ। प्रदेशसभाको पाँचौं अधिवेशन असोज ४ गते अन्त्य भएको थियो । उक्त अधिवेशनमा संसदको २१ वटा बैठक बसेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *