कीर्तिपुरमा थाइल्याण्ड र नेदरल्याड्ससँग भिड्दै नेपाल

काठमाडौं। नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीबीच त्रिदेशीय टि-२० क्रिकेट शृङ्खला हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार माघ १७ देखि २५ गतेसम्म प्रतियोगिता हुने भएको हो।

शृङ्खलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। शृङ्खलामा हरेक टोलीले हरेकसँग तीन पटक खेल्नेछन्। लिग चरणको अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुनेछ। माघ १७ गते नेदरल्याण्ड्ससँग, १८ गते थाइल्याण्डसँग, २० गते नेदरल्याण्ड्ससँग, २१ गते थाइल्याण्डसँग, २२ गते फेरि नेदरल्याण्ड्ससँग र माघ २३ गते थाइल्याण्डसँग नेपालले प्रतिस्पर्धा गर्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *