‘मुटुको कथा’ लिएर आउँदै डा. कोजु

काठमाडौं। लामो समयदेखि मुटु रोगको उपचारमा सक्रिय वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजु आफ्ना अनुभव र आख्यानसहित पाठकमाझ आउने भएका छन्।

उनको ‘मुटुको कथा’ माघ १ गते माघे संक्रान्तिका दिन सार्वजनिक हुने भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो २ः३० बजे आयोजना हुने विशेष कार्यक्रमका बीच उक्त कृति पाठकमाझ आउँदै छ।

कृति लोकार्पण कार्यक्रममा डा. सन्दुक रुइत, डा. भगवान कोइराला, डा. स्मृति शाक्य, डा. रामकण्ठ माकाजु, हरिवंश आचार्यलगायत विशिष्ट अतिथिका रुपमा सहभागी हुने भएका छन्। कृति सार्वजनिक गर्ने कार्यक्रममा समाजका अन्य क्षेत्रका प्रतिनिधिहरुको पनि सहभागिता हुने प्रकाशक बुकहिलले जनाएको छ।

दुई दशकभन्दा बढी चिकित्सकीय अनुभव बोकेका डा. कोजु साहित्य र जानकारीमूलक लेखनमा पनि उत्तिकै सक्रिय छन्। विभिन्न माध्यमहरुमा उनका रचना प्रकाशित हुँदै आएका छन्।

कृतिबारे डा. कोजुले भन्छन्, ‘उहाँको कथा, यहाँको कथा, मेरो कथा, हाम्रो कथा (हामी सबैको मुटुको कथा) आफ्नै अनुभव सँगै आख्यान सहितको मुटु तथा स्वास्थ्य सम्बन्धी कथाहरूको सङ्गालो लिएर यहाँहरु सामु आएको छु। यहाँहरुको मायाको अपेक्षा गरेको छु। आशा छ उपयोगी पनि रहनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *