हवाई फायर गरी गाँजा कारोबारी ६ जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढीमा गाँजा कारोबारमा संलग्न समूहलाई पक्राउ गर्न प्रहरीले हवाई फायर गरेको छ । कारोबारमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार धनकुटाको सहिदभूमि गाँउपालिका–१ का ३४ वर्षीय नकुल राई, २१ वर्षीय ओमप्रकाश राई, साँगुरीगढी–८ का २८ वर्षीय मंगलकुमार राई, २९ वर्षीय बिसन राई, २६ वर्षीय थामबहादुर राई र २१ वर्षीय सुमन राई पक्राउ गरिएको हो ।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार साँगुरीगढी गाउँपालिका–९ को सडक खण्ड हुँदै ५ वटा मोटरसाइकलमा गाँजा ओसारपसार भइरहेको भन्ने सूचना आएको थियो ।

रोक्न खोज्दा मोटरसाइकलमा सवार व्यक्तिहरुले प्रहरी टोलीमाथि हातपात तथा ढुंगामुढा गर्न थालेपछि हवाई फायर गर्नु परेको एसएसपी दाहालले बताए ।

उनीहरुलाई बुधबार बिहान सवा ४ बजेतिर इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले पक्राउ गरेको थियो । को ३८ प ३५२२, प्रदेश १–०२–०५३ प ९६६३, प्रदेश १–०२–०५३ प ८६१७, प्रदेश १–०२–०४३ प ९५९६ र को १४ प ७७५० नम्बरको मोटरसाइकलसहित १ सय २० केजी गाँजा प्रहरीले बरामद गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *