भूकम्पमा परी चीनमा ३६ जनाको मृत्यु
काठमाडौं । मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी चीनमा ३६ जनाको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार हालसम्म त्यति संख्यामा मानिसको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।
चीनको स्वायत्त क्षेत्र तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर आज बिहान गएको हो । नेपाली समयअनुसार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो ।
उक्त भूकम्प ७ रेक्टर स्केलको रहेको र जमिनभन्दा करिब १० किलोमिटर भित्र केन्द्र रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायत जिल्लामा महसुस गरिएको थियो ।
प्रतिक्रिया
