विश्वकै जेठी ११६ वर्षीया महिलाको निधन

काठमाडौंँ । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमीको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको छ । जापानको आशिया शहरले उनको निधनबारे आज शनिबार घोषणा गरेको हो ।

उनका चार छोराछोरी तथा पाँच नातिनातिना भएको जापानी सञ्चार माध्यमले जनाएका छन् । उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो ।

स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा सन् २०२४ को अगष्टमा निधन भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *