कोरियाद्वारा गण्डकीमा प्राविधिक शिक्षाका लागि ९० लाख अमेरिकी डलर सहयोग

पोखरा । गण्डकी सरकारले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोगमा प्राविधिक शिक्षालय बनाउने भएको छ । यसबा लागि कोइका र गण्डकी सरकारबीच शुक्रबार सहयोग सम्झौता भएको छ ।

गण्डकी सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र नेपालस्थित कोइकाका कन्ट्री डाइरेक्टर मुहेओन कङ बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतासँगै कोइकाले यो परियोजनामा ९० लाख अमेरिकी डलर सहयोग गर्नेछ । परियोजना ५ वर्ष चल्ने सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले जानकारी दिए ।

परियोजना दक्ष जनशक्ति उत्पादन गर्न सञ्चालन गरिएको जनाइएको छ । कोइकाले प्राविधिक संस्थान भवन निर्माण गरिदिनुका साथै अल्पकालीन तालिम, संस्थानको सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको साझेदारी पहिचान गरी प्राविधिक संस्थानको गुरुयोजनाको विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग पनि प्रदान गर्ने जनाइएको छ ।

हस्ताक्षरपछि मुख्यमन्त्री मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी इन्स्टिच्युट टेक्नोलोजीको पूर्वाधार विकास परियोजनाको लागि आर्थिक सहयोग प्राप्त भएको उल्लेख गर्दे नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गरे ।

कोइकाका कन्ट्री डाइरेक्टर कङले परियोजनाले युवा, महिला र विपन्न वर्गका लागि गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *