सशस्त्र प्रहरीमा खुल्यो १,१७९ जनाका लागि जागिर
काठमाडौँ । सशस्त्र प्रहरी बलले १ हजार १ सय ७९ जना कर्मचारी माग गरेको छ । आज शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरिएको हो ।
सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ३६ सहित ६८ जना, सहायक निरीक्षक पदमा खुला ४५ सहित ८३, सशस्त्र प्रहरी जवान पदमा खुला ५०७ सहित ९४१ र परिचर पदमा खुला ४७ सहित ८७ जनाका लागि भर्ना खुला गरेको जनाएको छ ।
परिचरतर्फ भान्छे, कुचीकार, सूचिकार, केशकर्तक, चर्मकर्मीका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर पदका लागि पुस २४ गतेदेखि माघ २४ गतेसम्म अनलाइनमार्फत दरखास्त फारम बुझाउन सकिने सूचनामा उल्लेख छ ।
अनलाइनमार्फत बुझाएको आवेदन माघ २८ गते रोजिएको सम्बन्धित कार्यालयमा गई सक्कलै बुझाउनु पर्ने सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले जनाएको छ ।
हेर्नुहोस् सूचना

